त्रिवेणी कपमा डिफेन्डिङ च्याम्पियन एपीएफको विजयी सुरुवात
लमजुङ | पुस १२, २०८२
लमजुङ: बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३ औँ संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
बेंसीशहर नगरपालिका ८ सहजीस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा एपीएफले सुन्दरबजार फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
एपीएफको जीतमा समीर थोकरले खेलको २० औँ मिनेटमा पहिलो गोल गरे ।
यस्तै उनले ३० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। ३७ औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
दोस्रो हाफको १८ औँ मिनेटमा मणि लामाले चौथो गोल गरे । २५ औँ मिनेटमा पुनः गोल गर्दै समीर थोकरले ह्याट्रिक पूरा गरे । ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका थोकर म्यान अफ द म्याच घोषित भए ।
उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। साथै, पहिलो गोल गरेबापत भुजुङ घर भई हाल हङकङ बस्दै आएका रामकुमार गुरुङको तर्फबाट नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
दुई विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सुन्दरबजार फुटबल क्लब गोलरहित रहँदा उसका समर्थक निराश बने ।
आइतबार बिहान ११ बजे एनआरटी काठमाडौं र भानु युनाइटेड (चक्रपथ, काठमाडौं) बीच पहिलो खेल हुनेछ । दिउँसो २ बजे सूर्यपुर चितवन र लमजुङ मस्र्याङ्दी युवा क्लब बेंसीशहरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिले तोकिएको समयभित्र १५ औं नियमित महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन गर्न माग गरेका छन् । विशेष महाधिवेशनका मागकर्ता महाधिवेशन प्रत...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनी...
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । ...

